काठमाडौँ,माघ ४ । शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज सामान्य घटको छ । आज नेप्से परिसुचक शून्य दशमलव २ अंकले घटेर ११ सय ८७ दशमलव ७७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
हिजोको तुलनामा कारोबार आज रकम पनि घटेर २२ करोड ७७ लाख रुपैयाँ बराबरका ८ लाख ३५ हजार कित्ता शेयर किनबेच भएका छन् । आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडले २ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।
अपर तामाकोसी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले आज झण्डै १० प्रतिशत कमाए भने जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशत गुमाएका छन् ।