हेल्थ असिस्टेन्ट संघ नेपालले कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव प्रति स्वास्थ्य संघकाे विरोध

Diyo post  

काठमाडौँ, माघ ४ । हेल्थ असिस्टेन्ट संघ नेपालले कर्मचारी समायोजनको लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिंगो स्वास्थ्य सेवा प्रणालीलाई नै धरासायी बनाउने गरि मन्त्रालयबाट प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीबीच मनमुटाब हुनुको साथै स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने भन्दै संघले त्यसको विरोध गरेको छ । विहिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी संघले स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोक्न माग गरेको छ ।

संघले स्थानीय तहमा कर्मचारी खटाउदा वा समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी वरिष्ठता क्रममा असर नपर्ने गरि जिम्मेवारी दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । उसले स्थानीय तहको लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा इकाई प्रमुख पदीय जेष्ठता र शैक्षिक योग्यताको आधारमा हुनुपर्ने माग पनि अघि सारेको छ ।

कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपाल आन्दोलित भएको हो । संघले ९ दिन देखि मन्त्रालयको कर्मचारी समायोजनको प्रस्तावको विरोधमा विभिन्न कार्यक्रम गर्दे आएको छ ।

सम्बन्धित खबर