झक्कड थापाको जोडदार गीत ‘कानमा डबल झुम्का’ सार्वजनिक, युट्युबमा चर्चा कमाउँदै (भिडियोसहित)

झक्कड थापाको जोडदार गीत ‘कानमा डबल झुम्का’ सार्वजनिक, युट्युबमा चर्चा कमाउँदै (भिडियोसहित)


काठमाडौँ, माघ ३ । नेपाल आइडलको पहिलो सिजनबाट सर्वाधिक चर्चामा आएका झक्कड थापाले आफ्नै आवाजमा पहिलो गीत सार्वजनिक गरेका छन् । व्यंग्यात्मक तरिकाले चर्चामा आएका झक्कडले आफ्नै आवाजमा दमदार गीत सार्वजनिक गरेपछि सामाजिक संजालमा उनको चर्चा चुलिएको छ ।

‘कानमा डबल झुम्का, अनि चालमा लचक ठुम्का’ बोलको गीतले युट्युबमा तीन दिनको अवधिमा ३ लाख भन्दा बढी भ्युअर पाइसकेको छ । सुरज थापाको शब्द रहेको उक्त गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो । म्युजिक भिडियो सहित सार्वजनिक गरिएको उक्त गीतमा सागर कार्की, युवराज वस्ती, विशाल कार्की र करिना तामाङले अभिनय गरेका छन् । गीत सार्वजनिक भएपछि झक्कड थापालाई सकारात्मक प्रतिक्रियाहरुको आइरो लागेको छ ।

हेर्नुस भिडियो

Facebook Comments

Trending News