नागरिक लगानी कोषमा आगलागी (फोटोफिचर)

Diyo post  

५ माघ, काठमाडौं । नागरिक लगानी कोषको भवनमा आगालमी भएको छ । नयाँ वानेश्वरमा रहेको नागरिक लगानी कोषको ‘डि’ नम्बरको पहिलो तलामा आगालागी भएको हो । कोषका कर्मचारी सुशिलकुमार अर्यालको कार्यकक्षमा विद्युत सट भएर आगलागी भएको थियो ।

विद्युत सटको कारण आगलागी भए लगत्तै आगलागी नियन्त्रणको लागि दुई वटा दमकले पानी हालेको थियो । महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डिएसपी गोविन्द राज काफ्लले विद्युत सट भएर आगलागी भएको दियाेपाेस्टलाइ बताए ।

नेपाल प्रहरी र सशस्त्र प्हरीको टोलीले पानी हालेर आगो नियन्त्रणमा लिएको कारण ठूलो क्षति हुन नपाएको उनले बताए । डिएसपी काफ्लेका अनुसार क्षति विवरण संकलन भइरहेको छ ।

सम्बन्धित खबर