सेनाका घोडा प्रहरीलाई भयो ‘घाँडो’

सेनाका घोडा प्रहरीलाई भयो ‘घाँडो’

नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका १० वटा घोडा मध्ये तीनवटा मरिसकेका छन् भने ६ वटा विविध कारणले काम लिन नसकिने अवस्था छन्।

प्रहरीसँग रहेका १३ वटा घोडामध्ये चारवटा मात्र ड्यूटीु गर्न सक्ने अवस्थामा रहे पछि अन्य घोडा पाल्न आर्थिक भार परेको गुनासो प्रहरी अधिकारीहरूको छ।

सडकमा अत्यधिक चाप हुने समयमा निश्चित चोक, सार्वजनिक स्थान तथा विशेष चाडपर्वका अवसरमा जम्मा हुने भिड नियन्त्रण गर्न ट्राफिक प्रहरीले घोडाको प्रयोग गर्दै आएको छ।

जनावर उपहार मात्रै दिने कि लिने पनि
२०७२ सालको कार्तिक महिनामा १७ वर्ष उमेरसम्मका १० घोडाहरू सेनाले ट्राफिक व्यवस्थापन प्रयोजनका लागि प्रहरीलाई हस्तान्तरण गरेको थियो।

घोडा पाल्ने खर्चै चर्को
प्रहरीसँग रहेका घोडाहरूको परिचालन, रेखदेख र प्रशिक्षणका लागि १८ जना खटिएका छन्।

माउण्टेड भनिने घोडचढी प्रहरी शाखाका हवल्दार रामहरी कोइरालाले भने, ‘१३ घोडालाई दानापानी, स्याहार–सुसार, तालिम तथा व्यायाम गराउनुपर्छ। तर प्रयोग गर्न ४ घोडाहरूमात्र तयार छन्।’

उनका अनुसार हरेक दिन प्रत्येक घोडालाई झण्डै साढे दुई किलो चना, डेढ केजी जौ, र एक केजी चोकर खुवाउनुपर्छ। झण्डै १९ केजी सुकेको घाँस सोत्तरको रुपमा प्रयोग हुन्छ।

त्यसका अतिरिक्त प्रतिमहिना एक घोडालाई दुई जोर टाप लगायतका अन्य सामग्रीको पनि आवश्यक पर्छ।

काठमाण्डू उपत्यकाको ट्राफिक व्यवस्थापनमा वर्षौदेखि प्रयोग हुँदै आएका घोडाहरूलाई महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा राखिँदै आएको थियो।

तर स्थान अभावका कारण हाल रानीबारीमा २० क्षमताको नयाँ घोडा कवल निर्माण गरि उक्त घोडाहरूलाई सारिएको महाशाखाले जनाएको छ।

घोडाका ड्युटी प्वाईन्ट
१३ मध्ये ४ घोडा मात्र ट्राफिक व्यवस्थापनामा खटिन सक्ने अवस्थामा रहेपछि प्रहरीले हाल ुड्युटी प्वाईन्टु अर्थात् खटिने स्थानहरू समेत कटौती गरेको छ।

प्रहरी हवल्दार कोइरालाका अनुसार पहिले सुन्धारा, भोटाहिटी, नयाँ बानेश्वर, कोटेश्वर र कालिमाटी लगायतका क्षेत्रमा खटिने घोडा हाल सुन्धारा र भोटाहिटीमा मात्र सीमित बनेका छन्।

नयाँ बनेको घोडा कवल रानीबारीमा भएपछि ट्राफिक व्यवस्थापनको अवधि समेत घटेको घोडचढी प्रहरीहरूको अनुभव छ।

ूविगतमा साढे दुई घण्टासम्म काम गर्ने घोडाहरु हाल एक(डेढ घण्टामात्रै काम गर्न सक्छन् र आउजाउमै दुईघण्टा खर्च हुन्छ,ू एक प्रहरी जवानले भने।

हाल प्रहरीसँग रहेका घोडाहरु अस्वस्थ, अशक्त र घाइते नभएको भए उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुस्त हुने बुझाइ स्वयम् प्रहरीको छ।

भोटाहिटीमा खटिएका प्रहरी हवल्दार मधुकर कँडेल भन्छन्, ‘१०(१२ जना प्रहरीले गर्ने ट्राफिक व्यवस्थापन एउटा घोडाको सहयोगमा गर्न सकिन्छ।’

घोडाबाट टाढासम्म सडक अनुशासन पालना गरे नगरेको अवलोकन गर्न सकिने, घोडाको उपस्थितिले सडक प्रयोगकर्ता तथा पैदलयात्री केही संयमित रहने लगायतका कारणले पनि ट्राफिक व्यवस्थापन सहज हुन्छ। बीबीसीबाट

Trending News