पत्नी राधिका शाक्यको साथमा स्विजरल्यान्ड जाँदै प्रधानमन्त्री ओली

Diyo post  

स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुनका लागि आज प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्ड जादैँछन् ।

जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज स्विजरल्यान्डतर्फ जान लागेको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ ।

स्विजरल्यान्ड जाने टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहेको बताइएको छ ।

उक्त फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन् ।आलीले सम्मेलनमा ३ वटा वेग्ला वेग्लै फोरममा सम्बोधन गर्ने भएको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वासका साथ आली स्विजरल्यान्डतर्फ लागेका हुन् ।

सम्मेलन सक्किए लगतै माघ १२ मा स्वदेश फर्कने बताइएको छ ।

सम्बन्धित खबर