थाईल्याण्ड वुमन्स टि ट्वान्टी स्म्यासका उपविजेता महिला क्रिकेट टोली आज स्वदेश फर्कदै

थाईल्याण्ड वुमन्स टि ट्वान्टी  स्म्यासका उपविजेता महिला क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं, माघ ६ । थाईल्याण्डमा भएको थाईल्याण्ड वुमन्स टि ट्वान्टी स्म्यास क्रिकेटमा उपविजेता भएका नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कने भएका छन् ।

घरेलु टोलीसंग पराजित हुँदै उपाधि प्राप्त गर्न नसकेका नेपाली टिम आज दिउँसो एक बजे तिर नेपाल आईपुग्ने बताइएको छ ।

उपाधि भिडन्तमा नेपाली टोली हिजो आयोजक थाईल्याण्डसंग पराजित भएको हो । घरेलु टोलीसंगको हारले पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने नेपालको महिला टोलीको सपना टुटेको हो ।

समूह चरणमा विजेता रहँदै नेपाल फाईनलसम्म प्रवेस गरेको थियो । फाईनलमा नेपाल थाईल्याण्डसंग ७० रनले पराजित भएको हो ।

सेमिफाइनलमा भने नेपालले निकै राम्रो प्रस्तुतिका साथ इन्डोनेसियालाई ९२ रनले पराजित गराएको थियो ।

० Comments




Trending News