नेपालमा सैनिक शासन लागु गर्न पाँचायन पुजा !

नेपालमा सैनिक शासन लागु गर्न पाँचायन पुजा !


विरगञ्ज, माघ ६ । नेपालमा शैनिक शासन लागु गर्न भन्दै पर्साको विरगञ्जमा पाँचायन पुजा गरिएको छ । विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक अस्थिरता, आन्दोलन लगायत संघर्षका क्रियाकलाप मात्रै हुने गरेको भन्दै स्थानीय युवा राकेश शुमार शर्माले शैनिक शासन ल्याउनुपर्ने आवश्यकयता औँल्याउँदै पाँचायन पुजा गरेका हुन् ।

उनले भने –
‘संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरु र नगर प्रमुख (मेयर) हरुलाई करोडौंको गाडी चढ्नलाई मात्र संघीयता हो र ? विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट गुज्रिरहेकोे छ । पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए।अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे।संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए । विक्रम सम्वत २०६२\०६३ साल पछि प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ।यसकारण माघ ०५ गते सैनिक शासनको आवश्यकताका लागि पांचायन पुजा गरेको हुँ’

ढण्डहिनताको अन्त्य गर्न, लुटतन्त्र, मनपरितन्त्र, फटाहतन्त्र जस्ता विकृतिहरु हटाउन, राष्ट्रहित, जनहित र राष्ट्रको विकासको लागि पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेकोे उनको भनाई छ ।

ढण्डहिनताको अन्त्य गर्न, मनपरितन्त्र, फटाहतन्त्र जस्ता विकृतिहरु हटाउन, राष्ट्रहित र राष्ट्रको विकासको लागि पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेको उनले बताए ।

Facebook Comments

Trending News