हप्ताको पहिलो दिन नै शेयर बजार ८ दशमलव ६ अंकले घट्यो

Diyo post  

काठमाडौँ, माघ ६ । शेयर बजार मापक नेप्से परिसुचक आज ८ दशमलव ६ अंकले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसुचक घटेर ११ सय ७९ दशमलव १७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

आज उत्पादनमूलक, होटल र फाईनान्स समूहबाहेक सबै समूहको उप–सुचक घटेको छ । सबैभन्दा धेरै हाईड्रोपावर समूहको उपसूचक ३६ दशमलव ५९ अंकले घटेको हो । आज दिनभर ३६ करोड ४५ लाख रुपैयाँ बराबरका ११ लाख ५३ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले सबैभन्दा धेरै २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार गर्यो । बजार घटेसँगै सिटिजन ईन्भेष्टमेन्ट ट्रस र अपर तामाकोशी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले ६ प्रतिशत गुमाए । बजार घट्दा पनि नेशनल माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् ।

सम्बन्धित खबर