शेयर बजारमा ११ अंकको गिरावट

Diyo post  

काठमाडौँ, माघ ७ । शेयर बजार मापक नेप्से परिसुचक आज पनि झण्डै ११ अंकले घटेको छ । हिजो ८ दशमलव ६ अंकले घटेको नेप्से परिसुचक आज पनि १० दशमलव ६ अंकले घटेर ११ सय ६ दशमलव ०६ अंकमा झरेको नेपाल स्टक एकसचेन्जले जनाएको छ ।

आज १ सय ६६ कम्पनीको कारोबार हुँदा ३६ करोड ७७ लाख रुपैयाँ बराबरका १२ लाख ६५ हजार कित्ता शेयर किनबेच भएका छन् । आज अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले सबैभन्दा धेरै १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

सबैभन्दा धेरै कारोबार गरेपनि अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । गुराँश फाईनान्स लिमिटेडका लगानीकर्ताले भने ४ दशमल ८ प्रतिशत गुमाए ।

सम्बन्धित खबर