काठमाडौँ, माघ ८ । महिलाको मात्र के कुरा, पुरुष पनि सुन्दर देखिन चाहन्छन् । प्रायः मानिसमा एक्टिभ हुने चाहना हुन्छ । सबै आफुलाई चार्मिङ देखाउन चाहन्छन् । यद्यपी, सुन्दर देखिन के गर्ने भन्ने विषयमा अन्यौल हुन सक्छ । यसका लागि दैनिक जीवनमा स–साना कुरामा ध्यान पुर्र्याए मात्र हुन्छ ।
पुरा निन्द्रा
पुरा निद्राले शारीरिक र मानसिक दबै हिसाबले फाइदा पुग्छ । यदि पर्याप्त निद्रा लिनुभयो भने त्यति धेरै बिरामी पनि पर्नुपर्दैन । र, तौल नियन्त्रण गर्नसमेत यसले सहयोग पुर्याउँछ । पर्याप्त निद्राका कारण मधुमेह र मुटुरोगजस्ता गम्भीर स्वास्थ्य समस्यको जोखिम पनि कम हुन्छ । यति मात्र होईन, आवश्यक निद्रा लिँदा तनावमा कमी आउँछ र तपाईँको मुडमा पनि सुधार हुन्छ । जसले चार्मिङ बढाउन भुमिका खेल्छ । त्यसैले विभिन्न रोगबाट बच्न र चार्मिङ क्रियट गर्न निद्रामा हेलचेक्याँई गर्नु हुन्दैन ।
घरको खाना
आफुलाई स्वस्थ राख्न चाहनुहुन्छ र पैसाको पनि बचत गर्ने योजना छ भने बाहिर खाने बानी हटाइहाल्नुस् । घरमा पाकेको खाँदा एकातिर स्वस्थ रहन सकिन्छ भने अर्कातर्फ परिवारको सदस्यसँग समय बिताउन पाउनुहुन्छ । जसले तपाइमा चार्मिङ बढाउन ठुलो भुमिका निर्वाह गर्छ ।
बढी पोस्चर
अरुलाई आफुतर्फ आकर्षित गर्न र चार्मिङ बढाउन पोस्चरमा ध्यान दिन जरुरी हुन्छ । जसका लागि नियमित एक्सरसाइज आवश्यक हुन्छ । बस्ने, सुत्ने, उठ्ने तरिकाले पनि तपाइको सही पोस्चरमा ठुलो भुमिका निर्वा गरिरहेको हुन्छ । धेरै मानिसले आफ्नो पोस्चरमा ध्यान दिँदैनन् । जसका कारण शरीरसम्बन्धी कैयौँ समस्याको सामना गर्नुपनेै हुन्छ ।
स्किनको स्याहार
यो कुरा सोच्न जरुरी छैन कि महिलाले मात्र स्किनमा ध्यान राख्नुपर्छ । छाला निकै संवेदनशील हुन्छ । त्यसैले सँधै विभिन्न संक्रमणको डर हुन्छ । आफुलाई अरुभन्दा अलग साबित गर्न र आकर्षणको केन्द्र बन्न पुरुषले पनि छालाको विशेष ख्याल राख्नु जरुरी छ । छालाको ख्याल राखेमा उमेरअनुसार रिंकल, धब्बा बस्ने र छालासम्बन्धी अन्य समस्याबाट टाढा रहन सकिन्छ ।
सँधै आशावादी
जुनसुकै सफल ब्यक्तिको लक्ष्य प्राप्तीको रहस्यबारे जान्न चाहनुहुन्छ भने उनीहरुबाट एउटै जवाफ पाउनुहुन्छ कि आशावादी बन्नुस् । आशावादी हुँदा अप्रत्याशित परिवर्तनका साथै तनाव क मगर्न मद्दत पुग्छ । यस्तो बानीले अनावश्यक निराशाबाट मुक्त हुन सकिन्छ ।
मदिराबाट टाढा
मदिराले कैयौँ स्वास्थ्य समस्या निम्त्याउँछ । चिकित्सकहरुका अनुसार कलेजोसम्बन्धी रोगको मुख्य कारण नै मदिरा हो । त्यसैले कलोजोको सुरक्षाका लागि पनि मदिरा सेवनमा रोक लगाउन आवश्यक छ । मदिराले अल्पकालीन रुपमा इन्टक्सिेसन र डिहाइड्रेसनजस्ता समस्या निम्त्याउँछ । यसले मस्तिष्कमा समेत समस्या सिर्जना गर्छ । जसका कारण चार्मिङ बढ्नुको सट्टा घट्न जान्छ ।
पर्याप्त पानी
शरीरमा कहिल्यै पनि पानीको कमी हुन दिनुहुँदैन । आवश्यक मात्रामा पानी पिउन जरुरी हुन्छ । नियमित पानी पिउँदा शरीरमा भएका विषक्त पदार्थ सजिलै बाहिर निस्कन मद्दत पुग्छ । जसले चार्मिङ बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्छ । नयाँ पत्रिकाबाट