काठमाडौँ, माघ ८ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स ( यूएई ) प्रस्थान गर्दैछ । युएईको घरेलु टोलीसंग एकदिवसिय र टी–ट्वान्टी सिरिजका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागको हो । टोली मंगलबार अपराह्न साँढे ४ बजेको फ्लाई दुबईबाट प्रस्थान गर्ने छ ।
युएईमा हुने सिरिजका लागि पारस खड्का नेतृत्वको टोली यसअघि नै घोषणा भइसकेको थियो ।
युएईसंगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् । अविनाश बोहरा,भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् ।
नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन् । विरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठिक हुन ३– ४ हप्ता लाग्ने बताईएको छ ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा , बसन्त रेग्मी , भिम सार्की ,बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख , पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा छन् । त्यस्तै वैकल्पिक खेलाडीमा शुसन भारि, ललित भण्डारी र बिक्रम शोब रहेका छन् ।