अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गुप्तचर निकायको तालिम केन्द्रमा सुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ ।
‘हामीले सोमबार ६५ जनाको शव निकाल्यौं,’ वार्दाक प्रान्तका प्रान्तीय परिषदका उपप्रमुख मोहम्मद सरदार बखयारीले भने । आफ्नो नाम बताउन नचाहने एक जना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुनसक्ने बताए ।
राष्ट्रिय सुरक्षा विभाग ९एनडीएस०को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ ।
सुरक्षा फौज र तालिवान लडाकूबीचको सङ्घर्ष पछिल्ला दिनमा अझ बढेको अनुभव गरिएको छ । (रासस/एएफपी)