सत्यनिरुपण र वेपत्ता छानविन आयोग विघटन गर्न माग

Diyo post  

काठमाडौँ, माघ ८ । द्वन्द्व पीडित साझा चौतारीले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ तत्काल विघटन गर्न सरकारसँग पुनः माग गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी चौतारीका अध्यक्ष भागीराम चौधरीले दुबै आयोगले कामै गर्न नसकेको भन्दै तत्काल विघटन गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष चौंधरीले दुवै आयोग विघटन गरी पीडितको समेत सहभागिता हुनेगरी संक्रमणकालीन न्याय सम्बन्धि नयाँ आयोग गठन नगरेसम्म आफूहरुलाई मान्य नहुने बताए । उनले द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिने षडयन्त्र गरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने अध्यक्ष चौधरीले बताए ।

गम्भिर मानव अधिकार उलंघनका घटनामा संलग्न पीडकलाई अनिवार्य कैदको कानुनी व्यवस्था गर्न पनि चौतारलीले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर