काठमाडौं, माघ ८ । प्रहरीले नक्कली कागजपत्र बनाउने एक युवालाई पक्राउ गरेको छ । राजधानीको मनमैजुस्थित उग्रचण्डी साइबरबाट नक्कली नागरिकता, सर्टिफिकेट, लाइसेन्स देखि विभिन्न कागजपत्रहरुमा सक्कली नाम हटाई नक्कली नाम राखेर विभिन्न प्रयोजनको लागि कागजात बनाएको अभियोगमा काभ्रे घर भएका विपन श्रेष्ठलाई पक्राउ गरेको हो ।
सो साइबरमा नक्कली कागजपत्र बनाइने सुचनाका आधारमा महानगरिय प्रहरी परिसबाट खटिएको टोलीले साइबरमा छापा मारेको थियो । साइबरमा उनलाई नक्कली कागजपत्र बनाइराखेको बेलामा पक्राउ गरिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।
साथै साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।