जातीय र रंगभेद गरेको आरोपमा पिएसजीलाई १ लाख युरो जरिवाना

Diyo post  

एजेन्सी । फेन्च क्लबको चर्चित र प्रख्यात क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई लाई द फ्रेन्च लिगले कारबाही गरेको छ ।

क्लबको एकेडमीमा रहेका युवा खेलाडीको विवरण संकलन गर्ने क्रममा जातीय र रंगभेद गरेको भन्दै द फ्रेन्च लिगले पिएसजीलाई कारबाही गरेको हो ।

पिएसजीलाई कारबाही स्वरुप द फ्रेन्च लिगले १ लाख युरो जरिवाना गरेको छ ।

लिग वान स्काउटका अनुसार खेलाडी विवरण संकलनको दौरान पिएसजीले मेनुमा फ्रेन्च, नर्थ अफ्रिकन, ब्लाक अफ्रिकन र वेष्ट इण्डियन राखिएको थियो । जुन, फ्रान्सको कानुन बिपरित भएको जनाइएको छ ।

सम्बन्धित खबर