युरिक एसिड के हो ? युरिक एसिड हुँदा के खाने के नखाने ?

Diyo post  

काठमाडौँ, माघ १० । युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एककिसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्छ । हाम्रो शरीरमा युरिक एसिड उत्पादन भइरहेको हुन्छ ।

सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिर्गौलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारणले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ । उनका अनुसार सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिनेगरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार राजा–महाराजाको रोग पनि भनिने यो रोग जोर्नी दुखाई हुने सबैभन्दा पीडादायक रोग हो ।

युरिक एसिडका विरामीहरुले के खान हुन्छ र के खान हुन्न ?
खान हुने

चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी, चिया, कफी, हरियो सागपात ।

सलादका रुपमा गाँजर,, काँक्रो प्रशस्त मात्रामा खान सकिन्छ ।

दुध, सेतो मासु,दाल तथा गेडागुडी, कुरीलो, काउली, पालुंगो, गोलभेँडा, च्याउ, अण्डा, काजु, ओखर, बदाम आदी

खान नहुने


खसी, राँगालगायत जनावरबाट रातो मासु पाइन्छ । यस्तो रातो मासु नखाने । भित्रि मासु पनि सकभर खानु हुँदैन । उदाहरणका लागी कलेजो, मुटु, मृगौला, गिदी आदी । साथै जाँड, रक्सी आदि मादकपदार्थ सेवन गर्नुहुँदैन ।

सम्बन्धित खबर