नेकपाद्वारा पुर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यलाभको कामना

Diyo post  

काठमाडौँ, माघ १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गरेका हुन् । गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उहाँको उपचार अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ । अधिकारीको गत बुधबारदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, तत्कालीन नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

सम्बन्धित खबर