कोपा अमेरिका कसले जित्ला ? मेस्सीको अर्जेन्टिना या नेइमारको ब्राजिल ?

दियो पोस्ट  


काठमाडौं, ११ माघ । ब्राजिलमा यही वर्ष हुने ल्याटिन अमेरिकी देशहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको ‘ड्र’ सार्वजनिक भएको छ । यहीवर्षको १४ जुनदेखि सुरु हुने प्रतियोगितामा जम्मा तीन समूह छन् । जसमा प्रत्येकमा चारचार देश छन् ।

समूह ‘ए’ मा आयोजकब्राजिलसँगै, बोलिभिया भेनेजुएला र पेरु छन् । २०१७ मा ब्राजिल पेरुसँगै पराजित भएर कोपाको समूह चरणबाटै बाहिरिएको थियो । यसपटक उसलाई पहिलेको बदला लिंदै उपाधि सम्म पुग्नका लागि बदलाको अवसर समेत आएको छ ।

त्यस्तै समूह ‘बी’ मा लगातार दुईपटकको साविक उपविजेता अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार छन् । कतारलाई यसपटक एसियाबाट कोपामा अवसर दिइएको हो । लगातार वर्ष भएको प्रतियोगितामा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै दुईपटक नै उपाधिविहीन बन्नपुगेको थियो । यसपटक मेसीको अर्जेन्टिनाको लागि पहिलेको हारबाट उठ्दै उपाधि जित्ने अवसर फेरि आएको छ ।

समूह ‘सी’ मा उरुग्वे, इक्वेडर, जापान र चिली छन् । चिलीलगातार दुईपटकको विजेता हो । तर, विश्वकपमा भने उसले स्थान बनाउन सकेको थिएन । जापान र कतारलाई अर्को महादेशबाट निमन्त्रणा गरेर खेलाउन लागिएको हो ।

तीन समूहबाट दुई दुई टिम गरी ६ देश सोझै अन्तिम ८ मा पुग्नेछन् । बाँकी ६ देशमध्ये अंकतालिकामा तेस्रो स्थानमा रहेर सबैभन्दा बढी अंक जोड्ने दुई टिम पनि अन्तिम ८ मा अटाउनेछन् ।