भेनेजुएलामा राजनीतिक संकटः मदुरोलाई सेनाको समर्थन, ग्वइदोलाई ट्रम्पको साथ

Diyo post  

काराकास, माघ ११ । भेनेजुएलामा राजनीतिक संकट निम्तिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरोको सरकारलाई अवैधानिक सरकार घोषणा गरेपछि विरोध उत्कर्षमा पुगेको छ ।

राष्ट्रपति निकोलस मदुरोले भेनेजुएलामा रहेका अमेरिकी अधिकारीहरुलाई तत्काल आफ्नो देश फर्कन आदेश दिसकेका छन् । मदुरोलाई भेनेजुएलाको शक्तिशाली सेनाले समर्थन गरिसकेको छ । उता, अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थनमा रहेका विपक्षी नेता जुवान ग्वइएदोले भने आफुलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरिसकेका छन् ।

भेनेजुएलामा निम्तिएको राजनीतिक संकटको परिणामअन्तर्गत कैयौँ मानिसहरुको ज्यान जानेगरि हिंसा भड्किएको छ । हालसम्म २६ जनाले ज्यान गुमाइसकेका छन् भने चौतर्फी आन्दोलन र नाराबाजी चर्किरहेका छन् ।

राष्ट्रपति मदुरोलाई चिन र रुसले समर्थन गरेपछि उनले अमेरिकी अधिकारीहरुलाई ७२ भण्टाभित्रमा देश छोड्न आदेश दिएका छन् भने अमेरिकामा रहेका आफ्नो दुतावास र संस्थाहरुलाई बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । मदुरोलाई चिन र रुसले समर्थन गर्दा विपक्षी नेता ग्वइएदोलाई भने युरोपियन युनियन, ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र अन्य दक्षिण अमेरिकी मुलुकहरुले समेत समर्थन दिएका छन् ।

तर भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा छ ।

मदुरो गतवर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी हुनुभएको थियो, तर यो चुनावमा धाँधली भएको जनाउँदै विपक्षीहरु तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । तर, आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

सम्बन्धित खबर