युएईविरुद्ध नेपाल (Video Live)

Diyo post  

काठमाडौँ, माघ १२ । युएइ र नेपालबिच दोस्रो एकदिवसिय क्रिकेट शुरु भइसकेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले ओपनिङ ब्याट्सम्यानका रुपमा विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई क्रिजमा पठाएको छ ।

शुक्रबारको खेलमा हार ब्यहोरेपछि नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ । कुल ३ वटा एकदिवसिय क्रिकेटमा जितको लागि २ वटा सिरिज जित्नु आवश्यक छ । घरेलु टोली युएईले एक जित दर्ता गरिसकेको छ ।

शुक्रबार निकै कमजोर ब्याटिङ गरेको नेपाल ३ विकेटले पराजित भयो । शुरुवाती खेलाडीहरुले नै निराशाजनक प्रदर्शन गरेपछि शुक्रबारको खेल नेपाली टोलीको हातबाट गुमेको थियो ।

दोस्रो खेलमा भने नेपालले सन्तोषजनक प्रदर्शन गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १३ ओभर खेल्दै ५२ रन बनाएको छ ।

यो समाचार तयार पार्दासम्म नेपालले १३ ओभर खेल्दै ५२ रन बनाएको छ । शुक्रबारको निराशाजनक प्रदर्शन आजको खेलबाट तिर्ने पक्षमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी देखिएका छन् । ४१ बलमा ४ चौका प्रहार गर्दै व्यक्तिगत ३५ रन बनाएका छन् । त्यस्तै भण्डारीले ४५ बलमा २ चौकाबाट २१ रनको योगदान गरेका छन् ।

https://www.youtube.com/watch?v=H7D-tBHgoos

सम्बन्धित खबर