काठमाडौँ, माघ १२ । युएइविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटको पहिलो इनिङमा नेपालले २ सय ४२ रन बनाएका छन् । पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेका थिए । पारस खड्काको विकेट पछि आएका रोहितले व्यक्तिगत ५५ रन बनाएका छन् ।
रोहितले आरिफ शेखसंग मिलेर छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रनको साझेदारी हो । आरिफ २९ रनमा आउट भए ।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे । नेपालका कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१र२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रनमा आउट हुँदा ललित नारायण राजवंशी ३ रनमा अविजित रहे ।