शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज

Diyo post  

काठमाडौँ, माघ १३ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिएकी छिन ।

कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जितेकी हुन । योसँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरिन ।

सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतावराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भनिन, “मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।” यही जवाफले आठ निर्णायकको मन जितेर उनले पहिरिएकी हुन् । उनलाइ यसअघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहि¥याएकी थिइन् ।

ताजसँगै उनीले नगद रु ५० हजार र स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गरिन् ।

सम्बन्धित खबर