गेटाफेलाई २-० गोल अन्तरले हराउदैँ एट्लेटिको मड्रिड दोस्रो स्थानमा

Diyo post  

काठमाडौँ, माघ १३ । शनिबार राति भएको खेलम एट्लेटिकोले गेटाफेलाई २-० गोल अन्तरले हराउदैँ स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

खेलको २७ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता प्राप्त गरेको हो भने ३७ औं मिनेटमा निगुएजले गोल गर्दै २-० को अग्रता बनाए ।दोस्रो हाफमा गेटाफे ९ खेलाडीमा सिमित भएको हो । खेलको ९० औं मिनेटमा लेन्ड्रो काब्रेराले रातो कार्ड पाउदा गेटाफे ९ खेलाडीमा समेटिएको थियो । तर, एट्लेटिकोले त्यसको थप फाइदा उठाउन सकेन ।

गेटाफेमाथिको जितसंगै एट्लेटिकोले ४४ अंक जोडेको छ । र, शीर्ष स्थानको बार्सिलोनासंगको अंक दुरी २ अंकमा झरेको छ । बार्सिलोनाको ४६ अंक छ । गेटाफे ३१ अंकसहित छैटौं स्थानमा छ ।एजेन्सी

सम्बन्धित खबर