
An aerial view shows flooding triggered by a collapsed dam near Brumadinho, Brazil, Friday, Jan. 25, 2019. Brazilian mining company Vale SA said it didn’t yet have information on deaths or injuries at the dam but said that tailings have reached the community of Vila Ferteco. (Bruno Correia/Nitro via AP)
ब्रमाडीन्हो,माघ १३ । ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ।
खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीले बनाएको बाँध भत्किएका कारण उक्त दुःखद घटना भएको हो ।
जीवितै उद्धार गरिएकामध्ये २३ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
भेल कम्पनीका अनुसार कम्पनीका अरु २५२ जना कामदार अझै बेपत्ता छन् ।
घटनास्थलमा अझै पनि खोजी तथा उद्धारका लागि छुट्टा छुट्टै टोलीहरु परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।
बाँध भत्किएसँगै माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धारमा खटिएकाले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)