४-१ गोलकाे अन्तरले रेनसलाई हराउदैँ पिएसजीको सहज जित

Diyo post  

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आइतबार राति भएको खेलमा रेनसलाई ४-१ गोल अन्तरले हराउदैँ सहज जित निकालेको छ ।

जित दिलाउन एडिन्सन काभानीले २ गोल गरे भने एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । रेनसका एमबाए नियाङले एक गोल फिर्ता गेरेको हो । रेनसविरुद्ध पिएसजीले खेलको सातौं मिनेटमा काभानीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको २८ औं मिनेटमा रेनसका नियाङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजीले थप ३ गोल गर्दै सहज जित निकाल्यो । खेलको ६० औं मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई २-१ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको ७१ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४-१ को जित दिलाए ।जितसंगै पिएसजीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।

पिएसजीले २० खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको लिलेको ४३ अंक छ । पराजित रेनस ३० अंक जोडेर दशौं स्थानमा छ ।

सम्बन्धित खबर