काठमाडौँ, माघ १४ । युएइविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पुन एक विकेटको क्षति ब्यहोरेको छ । यसपटकको विकेट भने कप्तान पारस खड्काको रहेको छ । व्यक्तिगत ११५ रनमा खेलिरहेका पारसलाई युएइका कादर अहमदले आउट गरेका हुन् ।
यो सँगै नेपालको जीत यात्रामा केही ठेस पुगेको छ । खेलको ३९ औँ ओभर सकिँदा नेपालले २ सय २० रन बनाएको छ । अब नेपाललाई १० ओभर बाट ३५ रनको आवश्यकता छ । अहिले सोमपाल कामी र आरिफ शेख ब्याटिङमा छन् ।