काठमाडौँ, माघ १५ । शेयर बजार कारोबार मापक नेप्से परिसुचक ३ दशमलव ८९ अंकले घटेको छ । हिजो सामान्य बढेको नेप्से परिसुचक आज झण्डै ४ अंकले घटेर ११ सय ६१ बिन्दुमा झरेको हो ।
फाईनान्स, उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूहको उप–सूचक घटेसँगै समग्र नेप्से परिसुचक घटेको हो । कारोबार रकम भने बढेको छ । आज दिनभर १ सय ६३ कम्पनीको कारोबार हुँदा ३० करोड ८० लाख रुपैयाँ बराबरका १० लाख ३५ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
आज प्रभु बैंक लिमिटेड प्रोमोटर शेयरले सबैभन्दा धेरै ३ करोड ५७ लाख रुपैयाँको कारोबार गरेको छ । आज दिनभरको कारोबारमा जनउत्थान सामुदायीक लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशत गुमाए भने सामूदायीक लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ५ प्रतिशत कमाएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।