महेन्द्रनगरमा ६ राजनीतिक दलको आमहडताल, सर्वसाधरण मर्कामा (फोटो)

Diyo post  

काठमाडौँ, माघ १५ । महेन्द्रनगर नगरविकास समितिको जग्गा लिजविरुद्ध कञ्चनपुरमा विभिन्न ६ राजनीतिक दलसहित विद्यार्थी संगठनहरुले अनिश्चितकालिन आमहडताल गरेका छन् । नगरविकास समितिको जग्गा अवैध रुपमा लिजमा दिनेलाई तत्काल कारवाही गर्न र जग्गामा बनाइएका भौतिक संरचनाहरुलाई तत्काल हटाउन माग गर्दै हडताल गरेका हुन् ।

सत्तारुढ दल तथा तात्कालिन माओवादी र एमाले निकट वाइसिएल, युवा संघ, विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाली काँग्रेस निकट तरुण दल, नेविसंघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य,विप्लव निकटका युवा र विद्यार्थीले आमहडतालमा एकवद्धता जनाएका छन्।

आम हडतालले जनजीवन प्रभावित बनेको छ भने सवारी साधनको आवत जावत पुर्ण रुपमा ठप्प छ । आम हडतालमा उत्रिएका राजनीतिक दलका कार्यकर्ताहरुले सडकमा आवतजावत गरेका २ वटा मोटरसाइकल तोडफोड गरेका छन् ।

आन्दोलनपश्चात संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले नगरविकास समितिको जमिन लिजमा लिएर बनेका संरचना भत्काउनका लागि संरचनाको लगत लिने कार्य शुरु गरेको छ। प्रचलित कानुन अनुसार अवैध रुपमा बनेका संरचना भत्काइने समेत इकाईका कर्मचारीले बताए। नगर विकास समितिको गुरु योजनमा रहेको ६३८ विगाह जमिन रहेको छ।

सम्बन्धित खबर