भक्तपुर, माघ १५ । आफ्नै श्रमितिलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्का पक्राऊ परेका छन् ।
श्रीमतिको ईच्छा र चाहना विपरित जबरजस्ती बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी बृत्त थिमिले खड्कालाई पक्राऊ गरि बैबाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए ।
खड्काले ३७ वर्षीय श्रीमतिललाई यही माघ ४ गते आफ्नै श्रीमान्ले जबरजस्ती बलात्कार गरेको भन्दै श्रीमतिले माघ ६ गते उजुरी दिएपछि पक्राऊ गरि अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । प्रहरीले पीडित महिलाको माघ ६ गते नै प्रसुती गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरि खड्कालाई पक्राऊ गरेको हो ।
यसअघि गत जेठ २३ गते सूर्यविनायक नगरपालिका ७ स्थित ३४ वर्षीया श्रीमतिले आफ्नो शारीरिक र मानसिक अबस्था ठिक नभएको अबस्थामा समेत पटक पटक श्रीमान्ले बलात्कार गरेको जाहेरी दिएकी थिईन् ।
बलात्कार आरोपी श्रीमान् उदयपुर त्रियुगा नगरपालिका १ का ४२ वर्षीय विशाल भन्ने तेज प्रसाद खतिवडा भने हालसम्म फरार रहेका छन् ।