काठमाडौँ, माघ १७ । एउटा अनुसन्धानअनुसार एक सर्को चुरोट तान्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको बरीरमा प्रवेश गर्छन । यीमध्य दुई सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ । त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्छ । यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारणसमेत बन्न सक्छ ।
धूम्रपानका दीर्घकालिन असर
- धूम्रपान र तम्बाकुको सेवनले मुटुमा धमनीसम्बन्धी रोग, फोक्सोको क्यान्सर आदि हुने सम्भावना पनि बढाएर लैजान्छ ।
- धूम्रपानले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) को पनि अत्याधिक सम्भावन हुन्छ , नियमित धूम्रपान गर्ने हरेक चारमध्य एकलाई सिओपिडी हुने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ । दम र सिओपिडी दुवैले फोक्सोको क्रियाशीलतामा कमी ल्इाउने काम गर्छन ।
- सिओपिडी समस्याको् एक मात्र उपचार भनेको धूम्रपान त्याग्नु हो । जुको कारण मायोकार्डियल इन्फेक्सन, फोक्सो क्यान्सरको सम्भावना पनि निकै कम भएर जान्छ ।
- धूम्रपानले फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पुर्याउने गर्छ । जसका कारण उच्च रक्तचाप, अक्सिजनको कमी हुने लगायत समस्या उत्पन्न हुन्छ ।
- नियमित धूम्रपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोंकाइटिस हुने गर्छ । त्यसमध्ये आधा मानिस सिओपिडीको सिकार हुने गर्छन् । नयाँ पत्रिकाबाट