तरकारीमा भ्यान्टा मन पर्दैन नभन्नुस, भ्यान्टाले शरिरलाई यतिसम्मको फाइदा गर्छ

Diyo post  

काठमाडौँ, माघ १७ । भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतियलाई यो त्याति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् यसलाई सन्तुलित आहारको रुपमा लिइन्छ ।
फाइदा

  1. भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्व पाइन्छ ।
  2. भ्यान्टामा न्युन क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ ।
  3. इसमा फाइबरको मात्रा अत्याधिक हुन्छ , जसले शरीरको पाचन प्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलेस्ट्रोल र चिनिीको मात्रा पनि घटाउँछ ।
  4. भ्यान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भ्यान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रापनि कम हुन्छ ।
  5. भ्यान्टाको नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखमिसमेत न्युनीकरण गर्छ । यसमा पाइने भिटामिन बी–६, सी, पोटासियम, बनस्पतीजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।
  6. यसमा, फ्याभोनाइड पनि अत्याधिक मात्रामा पाइन्छ । जसले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ ।
  7. भ्यान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकोले रक्तचाप पनि सन्तुलनमा राख्छ ।
  8. भ्यान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ । नयाँ पत्रिकाबाट

सम्बन्धित खबर