काठमाडौँ, माघ १७ । मानव जीवनका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । स्वस्थ जीवनका लागि शुद्ध पानी पिउने पानी अनिवार्य छ । यद्यपि, काठमाडौँलगायत केही सहरका अधिकांश बासिन्दो अझैपनि शुद्ध पानी खान पाएका छैनन् । उपत्यकामा शुद्ध भन्दै बिक्री–वितरण गरिने कतिपय पानी दूषित हुने गरेको गुनासो छ ।
कस्तो पानीले कस्ता रोग ?
- विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले पनि बजारमा सहजै उपलब्ध करिब ६० प्रतिशत ‘मिनरल वाटर’ दूषित भएको बताएको थियो ।
- पिउनका लागि विकल्पका रुपमा ट्यांकर र इनारको पानी प्रयोग गरिन्छ । यद्यपी, यस्ता पानी पिउनका लागि शतप्रतिशत शुद्ध हुँदैनन् ।
- खोलाको पानी प्रशोधन नगरि सिधै प्रयोगमा समेत ल्याउने गरिएको छ । जसलाई अहामी जार र ट्यांकरको पानी भन्दै नउमालिकन खाने गर्छौँ । यस्तो दूषित पानीले मानव स्वास्थ्यमा असर पर्याइरहेको हुन्छ । झाडापखाला, कमलपित्त (जण्डिस), टाइफाइट, फुड पोइजनिङजस्ता समस्याको जोखिम बढाउँछ ।
- जार तथा बोतलको पानीमा के्मिकलसमेत पाइने गरेको छ । यदि, पानीमा केमिकलको उच्च् मात्रा भएका दाँत बिग्रिनेसँगै पेटसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावन अत्याधिक हुन्छ ।
- दूषित पानीमा पाइने इकोली नामक ब्याक्टेरिया स्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिन्छ । त्यस्तै, प्यारासाइटजस्ता ब्याक्टेरियाले मौसमी रुघाखोकी ( भाइरल इन्फ्लुएन्जा) जस्ता रोगको जोखिम उच्च गराउँछ । धेरै दिनसम्म जमेको पानीमा लामखुट्टे र विभिन्न ब्याक्टेरिया जन्मिेत भएकाले इन्सेफलाइटिस, औलो र हेजाजस्ता महामारी फैलिन सक्छ ।
- तरकारीबाली तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर पानीले समेत स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
- कमजोर स्वास्थ्य भएका व्यक्तिमा दूषित हावा, पानी र प्रदुषण मिसिएमा रुघाखोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास तथा छातीसम्वन्धी समस्या देखा पर्छन। यस्ता समस्या चिसो मौसममा बढी देखिने गरेका छन् ।
कसरी बच्ने ?
- ट्यांकर, जार र बोतलको पानीसमेत शतप्रतिशत शुद्ध नहुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।
- लामो समयसम्म प्रयोगमा नल्याइएको इनारको पानी सीधै उपयोगमा ल्याउनुहुँदैन । इनारको पानी सकेसम्म छानेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
- पिउने मात्र नभएर फलफुल, तरकारी आदि पखाल्ने पानी पनि शुद्ध हुनु आवश्यक छ । नयाँ पत्रिकाबाट