सेभिलविरुद्ध ६ गोल गर्दै बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

Diyo post  

काठमाडौँ, माघ १७ । कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत विहीबारको खेलमा स्पेनिस क्लव बार्सिलोनाले सेभिललाई ६–१ गोलअन्तरले पराजित गरेको छ । यसअघिको पहिलो लेग सेभिलको घरेलु मैदानमा खेलेको बार्सिलोना २–० गोलअन्तरले पराजित भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा सेभिललाई पाखा लगाउँदै बार्सिलोना प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बार्सिलोनाको जितमा फिलिप काउटिन्होले २ गोल गरे । खेलको पुरा समय विपक्षीलाई दबावमा राख्न सफल बार्सिलोनाले पहिलो गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको १३ औँ मिनेटमा पाएको पेनाल्टीलाई कउटिन्होले राम्रो सदुपयोग गरे । खेलको २७ औँ मिनेटमा सेभिलले पाएको पेनाल्टीलाई प्रभावशाली खेलाडी बानेगाले सदुपयोग गर्न सकेनन् । त्यसपछि लगत्तै ३१ औँ मिनेटमा इभान राकटिचले शानदार गोल गरेपछि पहिलो हाफमै बार्सिलोना २–० मा अगाडी रहेको थियो ।

दोस्रो हाफमा आक्रमक बनेको बार्सिलोनाले सेभिलको पोष्टमा थप चार गोल गरेको छ । खेलको ५३ औँ मिनेटमा पुनः कोउटिन्होले ब्यक्तिगत दोस्रो गोल गरे । त्यसको एक मिनेटपछि नै अर्का अनुभवी खेलाडी सर्जिओ रोबेर्टोले एक गोल थप्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । ६७ औँ मिनेटमा सेभिल तर्फबाट ग्विलेर्म आर्नाले जवाफी गोल फर्काएपछि खेल ४–१ को स्थितिमा पुगेको थियो । खेलको अन्तिम समयमा लुईज स्वारेजले एक गोल र इन्ज्यूरी समयमा लियोनल मेस्सीले थप एक गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भएको हो । जीतसँगै बार्सिलोना सेमिफाइनल प्रवेश गरिसकेको छ ।

सम्बन्धित खबर