काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहिबार) पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ ।
एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी–ट्वान्टी खेल्न लागेको हो । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल टी(ट्वान्टी सिरिज समेत जित्ने लक्षमा रहेको छ । सोमबार युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २(१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।
घरेलु टोलीविरुद्धको पहिलो टी(ट्वान्टीका लागि मैदान उत्रदा नेपाल अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ । घरेलु टोलीसंगको सिरिज जिते नेपालले पहिलो पटक नै टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिज समेत आफ्नो नाममा लेखाउनेछ । टी(ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी(ट्वान्टी सिरिज जित्न सकेको छैन । तर, यसपटक नेपालले अर्को इतिहास रच्ने मौका हुनेछ ।