गोर्खाहरूको समस्याहरूको समाधानको लागि प्रदर्शन (तस्विरहरु)

दियो पोस्ट डेस्क  

काठमाडौं । सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कायम गर भन्दै सम्पुर्ण गोर्खा सैनिकहरु एकजुट भई प्रद्शनमा उत्रिएका छन् ।

बृटिश गोर्खा भुतपुर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष पदम सन्दर लिम्बुको नेतृत्वमा प्रदर्शनी गरेका हुन् ।

सिंगापुर गोर्खा विभागको आयोजनामा सम्पुर्ण गोर्खा सैनिकहरु एकजुट हौँऔ, जनता बेच्ने सरकार हामीलाई चाहिँदैन, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरु मानव अधिकार प्रति जिम्मेवार बन जस्ता पेम्प्लेट बोकी नारासहित सर्वोच्च अदालतको निर्देशनात्मक आदेस कार्यान्वयन गर्नुपर्ने माग राखी सरकार पक्षबाट कूटनीतिक कदमहरू चाल्न र गोर्खाहरूको समस्याहरूको समाधानको लागि सरोकारवालाहरू सँग आवश्यक पहलकदम चाल्न भनि नेपाल सरकारलाई दबाब दिन प्रद्शनमा उत्रिएका छन् ।

सिफारिस