त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षकै मिलेमतोमा बुढीगण्डकी डुबान क्षेत्रमा अवैध क्रसर धन्दा !

- दियोपोस्ट  

धादिङ्ग । ६ सय मेघावटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण भइसकेको क्षेत्रहरुमा यतिबेला धमाधम गैरकानुनी रुपमा बालुवा उत्खनन्, क्रसर उद्योग लगायत अवैध धन्दा भइरहेको छ ।

बुढीगण्डकी जलविद्युत कम्पनिले बुढिगण्डकी क्षेत्रमा संचालित क्रसर तथा बालुवा उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङ्गलाई पटक पत्राचार गर्दा पनि यो क्षेत्रको धन्दा रोकिनु त परको कुरा झनै आक्रमक रुपमा उत्खनन् भइरहेको छ । यसअघि अवैध उत्खनन् भइरहेको थाहा पाएपछि जिल्ला स्थित तत्कालिन नेपाल विद्युत प्राधिकरणको धादिङ्ग वितरण केन्द्रले लाइन जोड्न अस्विकार गरेको थियो । तर, प्राधिकरणको नेतृत्व परिवर्तन भएपछि रातारात लाइन जोडिएको छ ।

आयोजना प्रमुख डा. जगत बहादुर श्रेष्ठले जिल्ला प्रशासन कार्यालय धादिङ्गसहित सबै गाउँपालिकालाई पत्र नै लेखेर गैरकाुनी उत्खनन् रोक्न र क्रसर उद्योग बन्द गर्न गुहार मागिरहेका छन् । तर, गाउँपालिका अध्यक्षहरुकै मिलेमतोमा अवैध धन्दा चलिरहेको छ ।

पछिल्लो समयत त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतिले आफू निकट व्यक्तिहरु प्रयोग गरेर बुुढीगण्डकी नदिमा गैरकानुनी धन्दा चलाइरहेका छन् । स्थानिय सरकार संचालन ऐनले गाउँपालिकालाई दिएको अधिकारको दुरुपयोग गर्दै उप्रेतिले अवैध रुपमा क्रसर तथा बालुवा उत्खनन् गराईरहेका हुन् ।

त्रिपुरा सुन्दरी वडा नम्बर ६ र ७ मा पर्ने डुवान क्षेत्रमा अवैध रुपमा क्रसरहरु धमाधम संचालन भइरहेका छन् । तर, स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालय मौन छ । सोही विषयलाई लिएर बुढीगण्डकी जलविद्युत कम्पनि लिमिटेडले गत फागुन ३ गते जिल्ला प्रशासन कार्यालय धादिङ्गलाई पत्राचार नै गरेको थियो । अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई जिल्लास्थित विद्युत प्राधिकरणका धादिङ्ग वितरण केन्द्रको हालै सरुवा भएर आएका हाकिमले लाइन जोडिदिएका छन् । स्रोतका अनुसार उनले आर्थिक प्रभावमा परेर लाइन जोडिदिएका हुन् ।

आयोजनाले गरेको पत्राचारबारे प्रतिक्रिया लिन जिल्ला प्रशासन कार्यालय धादिङ्गका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । केहीदिन अघि अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी गैह्रे र धादिङ्गका प्रहरी प्रमुख एसपी गौतम कुमार केसी बुढीगण्डकी क्षेत्र पुगेका थिए । प्रमुख जिल्ला अधिकारी गैह्रेले लाइन काट्ने कोशिस गरेपनि शक्तिकेन्द्रसँग जोडिएको कारण लाइन काट्न असफल भएको चर्चा धादिङ्गमा छ ।

क्रसरमा लाइन जोड्नका लागि स्थानिय वडाध्यक्षहरुको स्विकृति चाहिने गर्दछ । तर, क्रसर माफियाहरुले गाउँपालिका अध्यक्ष राजु उप्रेतिलाई नै प्रभावमा पारेर सिफारिस लिएका छन् । उप्रेतिले पनि आफ्नो हिस्सा आउने भएपछि लाइन जोड्न कार्यापालिकाको वैठकलाई समेत छलेर सुटुक्क सिफासि दिएको स्रोत बताउँछ । कांग्रेसबाट निर्वाचि उप्रेति यसअघि पनि विभिन्न अनियमिततामा मुछिँदै आएका छन् ।

दियोपोस्टले प्रतिक्रियाका लागि त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतिलाई सम्पर्क गर्दा उनले आफूले क्रसर संचालनको लागि विद्युत जोड्ने स्विकृति नदिएको बताए ।

TATA ADD