बालकुमारी घटना : जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

दियो पोस्ट  

काठमाडौं । बालकुमारी घटनाको प्रतिवेदनलाई अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न दुई जना मन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र कानुन मन्त्री धनराज गुरूङलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

गत पुसमा बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

यस घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने भन्दै नेकपा एमालेले माग गर्दै आएको छ ।

TATA ADD