भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि भारतको २ खर्ब ४ अर्ब रुपैयाँ सहयोग घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौं- भारतले नेपालको भोटेकोसी बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४ अर्ब नेपाली रुपैयाँ (२४ हजार करोड) सहयोग गर्ने घोषणा गरेको छ।

दुई देशबीचको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास सहयोग प्याकेजअन्तर्गत डेभलपमेन्ट कोअपरेसनमार्फत यो सहयोग रकमको घोषणा गरेका हुन्।