बालेनमा देश विकासको “क्लियर भिजन” देखेँ: मोदी

दियोपोस्ट संवाददाता

काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा देश विकासबारे स्पष्ट दृष्टिकोण (क्लियर भिजन) रहेको महसुस गरेको बताएका छन्।

केही घण्टाको कुराकानीका क्रममा शाहबाट आफूले यस्तो महसुस गरेको मोदीको भनाइ थियो। नेपालमा प्रधानमन्त्री भएपछि शाहले संयुक्त राष्ट्र संघको समारोहमा दिएको मन्तव्यको पनि मोदीले प्रशंसा गरे।