
काठमाडौं- दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरूप उपहार दिएका छन्।
सोमबार भेटवार्ताका क्रममा शाहले विशेष बाकसमा राखेर रुद्राक्षको माला र शालिग्राम हस्तान्तरण गरेका हुन्। पशुपतिनाथ मन्दिरबाट लगिएको चन्दन पनि उनले बाकसमै राखेर मोदीलाई दिए।
त्यसको प्रत्युत्तरमा मोदीले शाहलाई विशेष घडामा गंगाजल उपहार दिए।

मोदीलाई बालेनले दिएको यो उपहारसेट व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ।
दूतावासको तर्फबाट भने प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उपहार आदानप्रदानपछि दुई प्रधानमन्त्रीबीच दुईपक्षीय भेटवार्ता सुरु भएको छ।