दिल्लीमा प्रधानमन्त्री बालेनले पाए ‘गार्ड अफ अनर’को सम्मान

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नयाँदिल्लीमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

गार्ड अफ अनर कुनै विशिष्ट व्यक्ति, राष्ट्रप्रमुख, सरकार प्रमुख वा उच्चपदस्थ पाहुनाको सम्मानमा सैनिक टुकडीले प्रस्तुत गर्ने औपचारिक सम्मान हो ।

गार्ड अफ अनर केवल सैनिक सलामी मात्र नभई दुई देशबीचको पारस्परिक सम्मान, कूटनीतिक सम्बन्ध र औपचारिक आतिथ्यको प्रतीकसमेत मानिन्छ ।

 

सम्बन्धित खबर

सिफारिस