प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच हैदराबाद हाउसमा वार्ता सुरु

दियोपोस्ट संवाददाता

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ। भ्रमणको दोस्रो दिन सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रमले भरिएको छ।

वार्तापछि दिउँसो १२:२५ बजे हैदराबाद हाउसमै समझदारीपत्र (एमओयू) आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी हुने कार्यक्रम छ।

सोमबार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरिएको थियो। भारतीय सेनाको एक टुकडीले उनलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। त्यस अवसरमा प्रधानमन्त्री मोदी पनि उपस्थित थिए।

त्यसपछि शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरे।

आइतबार नयाँ दिल्ली पुगेका शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

दिउँसो ३:१५ बजे उनले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने तय छ। त्यसपछि अपराह्न ४:५० बजे उनी स्वदेश फर्किने कार्यसूची छ।

सम्बन्धित खबर

सिफारिस