संसद भवन परिसरबाट पक्राउ परेका ४९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

दियो पोस्ट  

काठमाडौं । संघीय संसद भवन परिसरभित्र पसेर प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोमबार दिउँसो ऋणीहरूले प्रहरीको आँखा छलेर संसद भवनभित्र पसेका थिए। भवनको परिसरमा पुगेर उनीहरूले न्याय माग गर्दै नाराबाजी गरेका थिए।

प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ। त्‍यसरी संघीय संसद भवनभित्रै पसेपछि प्रशासनले संसद भवन बानेश्वर, सिंहदरबार र बालुवाटारका पेटीमा हिँड्न निषेध गरेको छ ।

सुरक्षा निकायको कमजोरी देखिएपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरेका थिए।

TATA ADD

सिफारिस