काठमाडौं । अभिभावक संघ नेपालको अध्यक्षमा फेरि केशव पुरी चयन भएका छन्।
ललितपुरको महालक्ष्मी पार्टी भेन्युमा भएको संघको छैटौं साधारण सभाले पुरीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा मणिरत्न बज्राचार्य र इश्वरकान्त मैनाली निर्वाचित भएका छन्।
उपाध्यक्षमा बद्री संजेल, देवी पन्थी, पुनम निरौला चयन हुदाँ महासचिवमा रामचन्द्र सुवेदी निर्वाचित भए।
सहमहासचिवमा रामकृष्ण प्रजापति, सचिवमामा हिरा पौडेल, सुमित्रा न्यौपाने र रमा गिरी निर्वाचित भएको संघले जनाएको छ।