काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको छ ।
‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो ।