कामठाडौं । कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीको नेपाल नं.३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरेको हो ।