नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप घटना : नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधपुछ

झडपको क्रममा ११ जना घाइते

दियो पोस्ट  

कामठाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्।

बिहीबार बिहान परियारले महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर घटनाबारे सोधपुछ गरेका हुन्।

बिहीबार राति सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप भएको थियो। झडपको क्रममा ११ जना घाइते समेत भएका छन्।

व्यवसायीले महानगर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरेको पाण्डेले बताए।

महानगर प्रहरीले व्यवसायीमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसपछि महानगर प्रहरीको आलोचना भइरहेको हो।

TATA ADD

सिफारिस