काठमाडौं । आजकै दिन कोशी प्रदेश नामाङ्कन गरिएको भनि प्रदेश नं १ पुन नामाङ्कन संयुत्त संघर्ष समितिले कालो दिन मनाएको छ ।
काठमाडौंको तिनकुने स्थित उपत्यकामा बसोबास गर्ने कोशी प्रदेश बासिहरुले कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीहरुले पहिचानको आधारमा प्रदेश न.१ को पुनः नामाकरण गर, प्रदेशको नाममा कोशी खारेज गर, शहिद पदम कुमार ‘लाजेहाङ’ अमर रहुन्, जस्ता लेखिएका प्याम्प्रेटहरु र कालो झण्डा बोकी प्रदर्शन गरिरहेका छन् ।