नेपाललाई युएईले दियो १०८ रनको लक्ष्य

Diyo post  

काठमाडौँ माघ १८ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रनमा समेटियो ।

यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे ।


करण केसीले जाहुर खानलाई दुई रनमै आउट गरेर यूएईको अन्तिम विकेट लिए। यसअघि उनले पाँचौ विकेटको रुपमा यूएईका मोहम्मद बुतालाई ११ रनमै आउट गरेका थिए।

अविनाशले छैटौं र सातौं र नवौं विकेट लिए। छैटौं विकेटको रुपमा उनलेले यूएईका अमित हायातलाई आउट गरे भने सातौ विकेटको रुपमा कप्तान मोहम्मद नाभिद्लाई आउट गरे।

अविनाशले नवौं विकेटको रुपमा भने सर्वाधिक रन बनाएका यूएईका सिपी रिजवानलाई आउट गरे। रिजवानले यूएईका लागि ४४ रन बनाएका थिए।

पहिलो ओभरको अन्तिम बलमा नेपालले पहिलो सफलता हात पारेको थियो। यूएईका ओपनर ब्याट्सम्यान अस्फाक अहमदलाई सोमपालले ४ रन मै आउट गरेका थिए।

यूएईका अनुभवी ब्याट्सम्यानहरु सस्तैमा समेटिए । साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।

सम्बन्धित खबर